16 Runners
24 Chasers
shambhawip

Unapologetic Reader, Psychotic Writer

Possibly psychotic and unapologetically sarcastic. I read everything.

Currently reading

The Lies of Locke Lamora
Scott Lynch
Progress: 20 %
Dante Valentine: The Complete Series
Lilith Saintcrow
Progress: 20 %
पल्पसा क्याफे - Narayan Wagle 4.5 stars मैले यो किताब पहिलोपटक आज भन्दा पांच वर्ष अगाडी पढेको थिएँ। माओबादीको एक दशक लामो बिद्रोह सकिएर भर्खर सात दलको बीचमा शान्ति सम्झौता भएको थियो र सबैजना देशको भविष्य कता जान्छ भन्ने कुरामा चिन्तित देखिन्थे। त्यो समयमा यो किताब पढ्दा म निशब्द भएको थिएँ, मलाई यसको कथाबस्तुले त्यसरी छोएको थियो। द्वन्दको बीचमा फस्टाएको माया र बम र गोलिले छुट्याएको त्यो कथा पढ्दा केहि समय मेरो आखाबाट आँशु पनि झरेका थिए। अहिले मलाई यो कथाको विषयवस्तु पुरा याद छैन। मलाई सबै पात्रको नाम याद छैन। तर यो किताब पढ्दा मेरो मनमा कस्ता भावहरु आएका थिए मलाई याद छ। म त्यो समयको राजनीतिबारे बोल्दिन, त्यो द्वन्द र त्यसको समजमा परेको असरबारे बोल्दिन। मलाई सायद त्यसबारे केहि भन्ने अधिकार नि छैन होला, त्यतिबेला म धेरै की बुझ्दा नि बुझ्दिन थिएँ होला। तर मलाई के थाहा छ भने मजस्ता आफ्नो घरमा बसेर समाचार र रेडियो मा त्यो खबरहरु सुन्ने आम नेपालीहरुको मनमा यो किताबले आफ्नो छाप छोड्न सकेको छ र आज पांच वर्ष पछि पनि यो किताब बारे सोच्दा मलाई त्यहि पाँच वर्ष अघि पढ्दाको बम, बारुद र मृत्युको चित्र दिमागमा आइरहेको छ र सायद अर्को पाच वर्ष पछी पनि आउनेछ।